जनगुनासोलाई तत्काल सुन्न मन्त्री भट्टराईको आग्रह
पाेखरा | साउन २०, २०८१
पोखरा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरुसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुुपर्ने बताउनुभयो ।
जनगुनासो एवम् समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवम् सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उहाँले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारी काम कारवाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राख्नुुभयो । सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रुपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उहाँको भनाइ थियो ।
शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री भट्टराईले बताउनुुभयो । विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको उहाँको भनाइ थियो । विद्यार्थीको ज्ञानलाई हाम्रो प्रणालीसँग जोड्नु आवश्यक भएको उल्लेख गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनावद्धरुपमा अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लाको समग्र अवस्थाबारे मन्त्री भट्टराईलाई जानकारी गराउनुुभएको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुखहरुले भइरहेको सेवाप्रवाह एवम् आइपरेका समस्यालगायत विषयमा मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुभएको थियो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

